Swornakshar Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

१२ कार्तिक ।
काठमाण्डौं । प्रधानमन्त्री केमी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा दिउँसोदेखि क्रमिक सुधार आएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन त्रिबि शिक्षण अस्पतालले साँझ ६ बजे जारी गरेको विज्ञप्तीअनुसार ओलीको अवस्था अहिले सामान्य छ ।

हाल  डा. अरुण सायमी संयोजकत्वको चिकित्सक टोली प्रधानमन्त्रीको उपचारमा संलग्न छ ।

छातीमा संक्रमण र शरिरमा चिनीको मात्रा असन्तुलित हुदा उनलाई आज बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियोे ।

यसैबीच अस्पतालले मंगलबार बिहान १० बजे पत्रकार सम्मेलन गरि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराउने जनाएको छ ।