Swornakshar Logo

राष्ट्रपति भण्डारी कतार प्रस्थान

१२ कार्तिक । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे छन् । नेपाली सेनाले सलामी दिएको छ ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ । राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।