Swornakshar Logo

प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा असन्तुलित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको भएको छ । सोमबार अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीमो मात्रा असंन्तुलित भएकोले भर्ना गर्नु परेको टिचिङ अस्पतालका निर्देशक तथा प्रा।डा। उत्तम कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।


त्यसैगरि प्रधानमन्त्रीको अरु स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको बताइएको छ ।