Swornakshar Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसियुमा भर्ना

१२ कार्तिक ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगंन्ज स्थित शिक्षण अस्पतालको आइसियुमा भर्ना गरीएको छ ।
उनी शुक्रबारदेखि नै रुघाखोकी लागेको थियो। आइतबार सम्म पनि स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको उनका प्रेस संयोजक चेतन अधिकारीले  बताए । उनले भने ‘खोकी रोक्न र स्वास्थ्यमा सुधारकोलागि आज बिहान शिक्षण अस्पताल ल्याएका हौ ।’

उनको स्वासप्रश्वासमा समस्या देखिएको छ।

शनिबार आयोजना गरेको नेकपाको चियापान कार्यक्रममा समेत ओली स्वास्थ्य समस्याकै कारण जान सहभागी हुन सकेका थिएनन। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा नै आराम गरेर बसेका थिए।
आइतबार बिहान प्रधानमन्त्रीको सचिवालयले उनको स्वास्थ्यमा सुधार आएको भनेर एक विज्ञप्ती निकालेको थियो । आइतबार बेलुका नै बालुवाटरमा मन्त्रीपरिषदको बैठक बसेको थियो ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको बताइएको छ।