Swornakshar Logo

नेकपाको सचिवालय बैठकमा भनाभन

११ कार्तिक ।

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयले केहि समय पहिला पार्टीको स्थायी समितिको बैठक बोलाएको थियो । सचिवालयले यहि कार्तिक १२ र १३ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

पार्टी एकता भएपछि अहिले सम्म नेकपाको सचिवालय बाहेक कुनैपनि कमिटीको बैठक बसेको छैन । जब कि एकता भएपछि नेकपाको केन्द्रीय सदस्यहरु ४ सय ४१ जना छन् । स्थायी समिति ४५ सदस्यीय छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि सचिवालय बनाएको हो । जुन सचिवालय शक्तिशाली छ । एकता भएको ६ महिना पुरा हुँदासम्म सबै निर्णय यहि सचिवालयले गर्दै आएको छ । सचिवालयले गरेका निर्णयहरु स्थायी समितिबाट अनुमोदन पनि गर्नु पर्ने हुन्छ । तर ९ जना सचिवालयका सदस्यले गरेका निर्णयहरु नै अहिले पार्टीको निर्णय हुने गरेको छ ।

सचिवालयमा नै विवाद

नेकपाको ९ सदस्य सचिवालयमा नै विवाद छ । असोज ५ गते ७ सदस्यीय सचिवालयले गरेको निर्णयप्रति अन्य दुई जना सचिवालय सदस्यले नै असंन्तुष्टि राखे । असोज ५ गतेको सचिवालय बैठकले ७ वटै प्रदेशका इन्चार्ज,अध्यक्ष,सहइन्चार्ज र सचिव तोकेको थियो ।

त्यहि निर्णयलाई लिएर दुई नेताले एक महिना पछिकोे सचिवालय बैठकमा नोट अफ डिसेन्ट नै लेखेका छन् । यति मात्र होइन । एक सचिवालय सदस्यका अनुसार ५ गतेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको थियो ।

एक सचिवालय सदस्यले माधवकुमार नेपालको भनाइ भन्दै भने ‘पार्टीका सबै सदस्यहरुलाई सम्मान जनक हिसाबमा जिम्मेवारी दिनु पर्ने प्रस्ताव राखेका थिए । यसको प्रतिउत्तरमा महासचिव विष्णु पौडेलले भने कि निर्वाचितहरुलाई नेता बनाउनु पर्छ अरुलाई होइन । पुनः नेपालले भने त्यसो भए चुनाव नजितेका नेताहरुलाई चाहि ढोकेपाले बनाउनु खोजेको हो ।’

ती सचिवालय सदस्यले भने‘महासचिवको विचारमा संघको,प्रदेशको र स्थानीय तहको चुनाव जितेकाहरुलाई मात्र नेता बनाउनु पर्छ भन्ने रहेछ । त्यहि भएर नेपालले कार्य विभाजन सहि तरीकाले गर्नु पर्छ भन्दा महासचिव होइन भन्नु भयो । यसको अर्थ त चुनाव जितेका मात्र नेता हुने भए अरु जिवन भरी कम्युनिस्ट आन्दोलनमा लागेका नेता कार्यकर्ताहरुले के चुनाव नजितेपछि नेताको ढोके पाले हुने हो त रु’

अन्यौलमा स्थायी समिति बैठक

यहि १२ र १३ गते बस्ने भनेको स्थायी समितिको बैठक अझै निश्चित हुन सकेको छैन । दुई पार्टी एक भएको पनि ६ महिना बितिसक्दा अहिले सम्म स्थायी समिति बैठक बसेको छैन । अहिले सम्म केन्द्रीय सदस्य,स्थायी समिति सदस्य बनाएको छ तर त्यहि स्थायी समितिको बैठक अहिलेसम्म बसेको छैन । अझै बस्ने टुङ्गो नै छैन ।

यहि १२ र १३ गते बस्ने भनेको स्थायी समिति बैठक स्थगित भएको स्थायी समिति सदस्य घनश्याम भुसालले बताए । १० गते दशै,तिहार,नेपाल सम्बत र छठ लगायतका चाडपर्बको उपलक्ष्यमा शुभकामनमा आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली भने अवस्थताका कारण उपस्थित हुन सकेन ।

भोली देखि बस्ने भनेको स्थायी समिति बैठक ओलीको स्वास्थ्य अवस्थाका कारण सरेको हुन सक्ने एक स्थायी समिति सदस्यले बताए । उनले भने‘अहिले सम्म स्थगित भएको थाहा पाएको छु । तर कारण खुलाइएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ्यको कारण पनि स्थगित भएको हुन सक्छ ।’जब कि नोट अफ डिसेन्ट लेख्ने दुबै नेताहरुले सचिवालयका बैठकका निर्णयहरु स्थायी समितिबाट अनुमोदन गराउँदा राम्रो हुने भन्दै आएका छन् । उनको कुरा सहि हो भन्ने पनि व्यहारमा भने लागु भएको छैन एक स्थायी समिति सदस्यले बताए ।