Swornakshar Logo

कम्यूनिष्टलाई सिध्याउने संकेत पाएपछि दुई पार्टी एक भयौँः प्रचण्ड

११ कार्तिक ।

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्यूनिष्ट शक्ति सिध्याउने संकेत पाएपछि दुई ठुला पार्टीबीच एकता भएको खुलासा गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

मुलुकको सुशासन र समृद्धिका लागि नै एकता हुन पुगेको उनले बताए । कम्यूनिष्ट शक्तिलाई सिध्याउन देशमै गलत अभ्यास भईरहेको उनको भनाई छ ।

फरक प्रसंगमा उनले हजारौँको बलिदानबाट प्राप्त भएको उपलब्धि रक्षाको जिम्मेवारी नेकपाको काँधमा आएको बताए । सरकारप्रति जनताको अपेक्षा धेरै रहेको तर्फ ख्याल गर्दै सरकार विकाशका नयाँ बाटाहरु निर्माणका क्रममा रहेको उनले बताए ।

यस्तै बर्तमान सरकार छिमेकी भारत र चीनसंगको सहसम्बन्धलाई बलियो बनाउँदै राष्ट्रहितमा सम्झौता गरिहरको अध्यक्ष प्रचण्डले बताए । एक दशकमा मुलुकको मुहार फेरिने उनको दाबि थियो ।

यसैबीच प्रचण्डले भरतपुरमा सिटी हल र क्रिकेट मैदान बन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको आर्थिक बर्ष २०७५र०७६ मा सञ्चालन हुने योजनाहरुको घोषणा कार्यक्रममा भरतपुरमा क्रिकेट मैदान बन्नेबारे छलफल भईसकेको बताए ।

उनले सिटी हल कहाँ बन्ने भन्ने खुलाएनन् । उनले चितवन महानगर नमुना बन्ने बताए । यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताए । उनले चितवनलाई स्मार्ट सिटी बनाउनेबारे आफुले गहनरुपमा सोचिरहेको बताए ।