Swornakshar Logo

नेकपाको चियापानमा जे देखियो फोटोफिचर सहित

विवेक

१० कार्तिक । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले दशै ,तिहार, छठ,नेपाल सम्बत लगायतका विभिन्न चाडबाडको उपलक्ष्यमा राजधानीको भृकुटीमण्डपमा चियापान गरेको छ । चियापानमा प्रधानमन्त्री केपी ओली आउने भनेपनि अस्वस्थताका कारण आउन सक्नु भएन ।


१२ बजेबाट चियापान कार्यक्रम सुरु हुने भनेको थियो । नेकपाका नेता कार्यकर्ता भने विहान ११ बजे भन्दा पहिला नै भृकुटीमण्डपको पार्कमा जम्मा भइसकेका थिए ।


चियामान कार्यक्रम सुरु गदै नेकपाका अध्यक्ष प्रचण्डले सम्पूणै देशबासी र उपस्थिति भएका नेता कार्यकर्तालाई शुभकामना दिएका थिए ।


कार्यक्रम १२ बजेबाट सुरु भएको थियो । पहिला चरणमा नेकपाका नेता कार्यकर्ता र सर्वसाधरणलाई चियापान गराएको थियो । नेता कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्ड लगाएका नेताहरुले पालैपालो भेटघाट गरेका थिए । नेता कार्यकर्ताहरु लामबद्ध भएर शुभकामना आदन प्रदान गरेका थिए ।


३ बजेबाट मन्त्री,अन्य राजनीतिक दलका नेताहरु,कुटनितिक नियोगका प्रमुख र अन्य विशिष्ठ व्यक्तिहरुलाई अर्को ठाउँमा चियापान र स्वागत गरेका थिए नेकपाका अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,वादेव गौतम,महासचिव विष्णु पौडेल,सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र सुवास नेम्वाङ लगायतका नेताहरुले ।


भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सिताराम यचुरी र अर्का पोलीटब्युरो सदस्य जोगीन्द्रर सिंहपनि चियापानमा सहभागीमात्र भएनन । सबै पाहुनाहरुलाई नेकपाका नेताहरुले झै स्वागत गरेका थिए ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापनि चियापानमा सहभागी भएका थिए । त्यस्तै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी पनि आएका थिए ।


राप्रपाका पशुपति शमशेर राणा पनि सहभागी भएका थिए ।
नेपाली काँग्रेसका नेता कृष्णगोपाल श्रेष्ठ र अर्जुननरसिंह केसी पनि पाहुनाको स्वागत गर्न व्यस्त थिए ।


चियापानमा सहभागी सुरक्षा निकायका पदाधिकारीहरु पनि सहभागी थिए । पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल पनि चियापानमा सहभागी भएका थिए । उनले र प्रचण्डले केहि समय कुराकानीपनि गरेका थिए । कटुवालले कुनै पनि बहालवाला मन्त्री ,मुख्यमन्त्री र प्रचण्डलगाएतका नेताहरुलाई सलाम भने गरेनन ।