Swornakshar Logo

राष्ट्रिय महिला फुटबल टिमले चीनमा तीन मैत्रिपुर्ण खेल खेल्ने

८ कार्तिक ।
काठमाडौं । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले चीनमा तीन मैत्रिपुर्ण म्याच खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ओलम्पिक छनोटमा रहेको नेपालको राष्ट्रिय महिला फुटबल टिमले चीनमा तीन मैत्रिपुर्ण खेल आयोजना गरिएको बताएको छ ।

नेपालले पहिलो म्याच अक्टोबर ३० मा बेईजिङ स्पोर्टस युनिभर्सिटीसंग खेल्नेछ । अन्तिम खेल अक्टोबर ३१ बेईजिङ फोनिक्स महिला टिमसंग दिउँसो ३ बजे सुरु हुनेछ । त्यहीबाट नेपाली टोली म्यानमार प्रस्थान गर्नेछ । चीन जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एक कार्यक्रमको आयोजना गरेर बिहिबार बिदाई गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीलाई सफलताको शुभकामना दिदै बिदाई गरेका थिए । नेपाली महिला टोली आगामी सोमबार चीन प्रस्थान गर्नेछ ।