Swornakshar Logo

नयाँ मापदण्डमा नेकपाका प्रदेश सदस्य छानिने

८ कार्तिक ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रदेश समिति सदस्य नयाँ मापदण्ड बनाएर चयन गर्ने भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको नेकपाको सचिवालय बैठकले कार्यदलले प्रदेश सदस्यको लागि सिफारीस गरेका नामहरुको छनौट गरेर सचिवालयले टुङ्ग्याउने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बिहिबारको बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने निर्णयपनि गरेको छ ।
प्रदेश सदस्यको नामको रुजु र केन्द्रीय सदस्हरुको कार्यविभाजन गर्ने जिम्मा सचिवालयले महासचिव विष्णु पौडेल र अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’लाई दिएको छ ।

यी दुई जनाले सचिवालयमा अन्तिम सिफारिका लागि प्रदेश सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन गरेर पठाउने छन् ।तर पटक पटक बस्ने भनेको नेकपाको स्थायी समितिको बैठक भने कहिले बस्छ अझै टुङ्गो लागेको छैन ।

नेकपाको सचिवालयले असोज ५ गते नै ७ वटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकि सकेको छ ।