Swornakshar Logo

प्रचण्ड भोली एक दिनकोलागि भारत जादै

८ कार्तिक । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ भोली शुक्रबार भारत जादै छन् ।
भारतमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘इण्डिया आइडिया कन्क्लेभ–२०१८’ नामक कार्यक्रमलाई सम्बोधन गर्न एक दिनकोलागि भारत जान लागेको प्रचण्डका प्रेस संयोजन विष्णु सापकोटाले बताए ।
सोपकोटाले भने‘यो कार्यक्रमको निमन्त्रणा दुई महिना पहिला नै आएको थियो । दुबै अध्यक्षबीच छदफल भएर जान थाल्नु भएको हो । भोली बिहान८ बजे भारत गएर भोली बेलुका ८ बजे नै नेपाल फर्कने कार्यक्रम रहेको छ ।’
यो कार्यक्रमको आयोजक संस्था इण्डिया फाउण्डेशनका अध्यक्ष भारतीय जनता पार्टीका महासचिव राम माधव हुन ।
यो संस्था भारतको गुप्तचर संस्थाको अण्डरकभर फोरममा प्रयोग हुने गरेको छ । यो संस्थामा खुफिया अधिकृत र भारतीय जनता पार्टी नजिक मानिने आरएसएसका प्रतिनिधिहरु र सत्तासिन मन्त्रीहरु समेत फाउण्डेसनको परिचयमा काम गर्ने गर्छन ।