हेटौंडामा पनि अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस
२७ असोज ।
हेटौंडा । हेटौंडा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले विपद् व्यवास्थापन कार्यक्रम देशभरी संचालन गर्नु पर्ने बताए ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा बोल्दै तामाङले भने ‘विनासकारी भूकम्प आएछि मात्र अहिले १४ जिल्लामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम संचालनमा आएको छ । अब यसलाई देशभरी संचालन गर्नु पर्छ ।’ ‘विद्यालय सुरक्षित बनाउ गुणस्तरीय शिक्षा दिऔ’ भन्ने मुल नाराका साथ शनिबार हेटौंडामा सातौं अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाएको छ ।
बुद्ध चोकबाट सुरु भएको ¥याली जिल्ला समन्वय समिति मकवानपुर हेटौंडामा गएर सम्पन्न भएको छ । ¥यालीपछि ‘बल्ल लाग्यो घैंटामा घाम’ नामक सडक नाटक देखाएका थिए ।
यो कार्यक्रम पछिल्लो सात बर्ष देखि मनाउदै आएको सामुदायीक विद्यालय व्यवस्थापन समितिका सदस्य मिना उप्रेतिले बताइन ।
कायक्रम सामुुुदायीक विद्यालय व्यवस्थापन समिति नेपालले आयोजना गरेको हो । रेडक्रस र एनडि आरसीले संयोजन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: