Swornakshar Logo

नेकपा नेता अन्सारी हत्यास् भारतीय ‘‘सार्पसुटर’ खोज्न प्रहरी परिचालन

२६ असोज ।

काठमाडौं । सुनसरीको दक्षिण सीमानाका नजिक भारतीय ‘सार्पसुटर’ले हरिनगर–२ भुटाहाका नेकपा जिल्ला नेता खुर्सिद अन्सारीको हत्या गरेपछि थप सुरक्षा टोली खटाइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार घुस्की प्रहरी चौकीमा सइको कमान्डमा २२ प्रहरी परिचालन गरिएको छ । यसअघि असइको कमान्डामा सातजना मात्र चौकीमा थिए ।

गत ४ असोजमा अन्सारीलाई गोली हानेर फरार भएकालाई चेकपोस्टमा रोक्न खोज्दा प्रहरी जवान शिवलाल पौडेलमाथि नै गोली प्रहार भएको छ । पौडेलको तिघ्रा र कम्मरमा गोली लागेको थियो ।

सीमाक्षेत्रमा १८ वटा प्रहरी युनिट राखिएको छ । मोबाइल गस्ती र पैदल गस्ती २४ सै घन्टा परिचालन गरी सिसिक्यामेराबाट निगरानी गरिने एसपी अधिकारीले जानकारी दिए । यस्तै सीमाक्षेत्रमा सशस्त्रको पनि नौवटा सुरक्षा चेकजाँच प्वाइन्ट बनाइएको छ ।

यसैबिच चाडबाडमा जिल्लाको सुरक्षा व्यवस्था मजबुद बनाउन ११ सय १० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।