Swornakshar Logo

वामदेव काठमाडौं ७ बाट चुनाव लड्दैननः प्रचण्ड

२६ असोज ।
काठडमौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले वामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव नलड्ने बताएका छन् ।
काठमाडौंको कागेश्वरीमनहरा नगरपालिकामा भएको विजया दशैंको शुभकामना तथा चियापान कार्यक्रममा प्रचण्डले भने ‘वामदेव गौतमले चुनाव लड्दैन भन्नु भयो अब यो कुरा यहि सकियो । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नं.७ बाट चुनाव लड्नु हुन्न ।’
केहि दिन पहिलाबाट रामवीर मानन्धरले राजीनामा दिएर गौतम चुनाव लड्ने हल्लाले राजनीतिमा चर्चा चलेको थियो । तर सर्वत्र गौतमको आलोचना भएपछि चुनाव नलड्ने घोषणा गरेका थिए ।
प्रचण्डले भने ‘आफै गौतम जीले चुनाव लड्दैन भन्नु भयो अब कसैले टेन्सन नलिए भयो । उनले सडकको अवस्था देखेर थपे अर्को बर्ष नलाग्दै सडक पिच गरी सक्ने छौं । अहिले आएको बाटो सारै खराब रहेछ । आउँदो बर्ष काठमाडांैका सकड पिच गरी सक्ने आश्वसन पनि दिए ।
प्रचण्डद्धारा सरकारको प्रशंसा
सरकार बनेको करिब ७ महिना पुरा हँुदा पनि गति लिन नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको समयमा प्रचण्डले भने सरकारको प्रशंसा गरेका छन् ।
उनले भने‘अहिलेको सरकारले विकासको आधार तयार गरेको छ । अब छिटै देखिने गरी काम हुने छ ।
उनले भने ‘एक दशक देखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाएका छौं । डुबानको समस्या समाधान गर्ने सहमति भएको छ । भारतसंगको सम्बन्धमा नयाँ शिराबाट अगाडि बढेको छ । जसबाट नेपालको आर्थिक विकासको राम्रो पूर्वाधार तयार हुने छ । ’
प्रधानमन्त्रीको चिन भ्रमणपछि ट्रेड एण्ड ट्रान्जिट सम्बन्धी समझदारी भएको र अब नेपालले चारवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ उनले भने ।
उनले प्रतिपक्ष प्रति संकेत गर्दै भने ‘वामपन्थीको सरकार आएर केहि पनि भएन भन्नेहरुले यी कामहरु पनि हेर्ने हो कि ?’
भारत र चिनबाट रेल ल्याउन सर्वे गर्ने सहमति भएको बताए । उनले भने कनेक्टिभिटीमा धेरै महत्वपूर्ण उपलब्धी भएको छ । यसले नेपालमा आर्थिक विकासमा ठूलो परिवर्तन हुने छ ।’
तर जनताको चाहना भने विकास छिटो होेस् । बाटो र सडकमा भएका खाल्डा पुरिउन । वृद्ध भत्ता बढ्होस् भन्ने छ । उनले भने विकास र सुशासन जनताले देख्नेगरी गछौं ।