Swornakshar Logo

इन्द्रसरोवरमा दशै फुटबल कप  २३ बाट

२२ असोज ।
हटौंडा । इन्द्रसरोवर गाउँपालिका गाउँपालिका स्तरिय बडादशै फुटबल कप २०७५ भोलिबाट सुरु हुने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ फाखेलको फाखेलचौरमा खेल हुने छ ।
नवलालिमा युवा क्लब फाखेलको आयोजनामा बिगतका वर्षहरुमा झै यस वर्ष पनि असोज २३ देखि गाउँपालिका स्तरीय फुटबल कप हुने भएको हो ।
बिगतका वर्षमा झै खेलकुदलाई अगाडी बढाउँदै लैजाने उदेश्यका साथ बडा दशै फुटबल कप आयोजना गरिएको आयोजक समुहले बताए ।
यहि अशोज २३ बाट सुरु हुने उक्त फुटबल कपमा इन्द्रसरोवर गाउँपालिका भरका १७ वटा टिमको साहभगिता रहने जनाइएको छ ।