स्वतः स्थायीको माग गर्दै राहत शिक्षक सडकमा

२१ असोज ।
काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको आहृवानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: