Swornakshar Logo

१६ बर्षमै बलात्कृत भएँ, तर पनि चुप रहेँस् पदमलक्ष्मी

१३ असोज ।
टेलिभिजनको दुनियाँमा चर्चित अनुहार र चर्चित लेखक सलमान रुश्दीकी पहिलो श्रीमति पद्मलक्ष्मीले किशोरावस्थामै आफू बलात्कृत भएको बताएकी छिन् ।

पद्मलक्ष्मी भन्छिन्, महिलाहरु बर्षौंसम्म पनि आफूमाथि भएको यौन हमलालाई लिएर बोल्दैनन ।
उनीे आफ्नो अतितलाई सार्वजनिक गर्ने फैसला त्यो समयमा गरेकी छन् जब अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले सर्वोच्च अदालतमा नामित ब्रेठ कैवनामाथि लागेको बलात्कारको आरोपको बचाउ गदै भनेका छन्, डाक्टर क्रिस्टिन ब्लेजी फोर्ड बलात्कारलाई लिएर अहिलेसम्म किन मौन बसिन रु
पद्मलक्ष्मीले न्युयोर्क टाइम्सकोलागि लेखेको एक लेख र त्यसैमा आफूमाथि भएको बलात्कारको प्रसंग उल्लेख गरेकीछिन् ।

उनी लेख्छीन् आफू १६ बर्षको हुँदा उनको ब्बाइफ्रेन्डले उनको बलात्कार गरेका थिए । तर उनले यो कुराको रिपोर्ट यसकारण गरिनन् की उनलाई लाग्यो यसमा उनको नै गल्ती छ । उनले लेखेकी छिन् ‘म केही महिनादेखि २३ बर्षको केटासँग डेटिङ गर्थें । उसलाई थाहा थियो कि म भर्जिन हुँ । ३१ डिसेम्बरको राती हामी नयाँबर्ष मनाउन एक पार्टीमा गएका थियौं । जतिबेला म धेरै थाकेकी थिएँ । त्यसकारण त्यो दिन म पनि उसैको अपार्टमेन्टमा सुतेँ । तपार्इं यो पनि जान्न चाहनु हुन्छ होला की बलात्कार भएको त्यो रात रक्सी खाएकी थिएँ रु तर यसको कुनै अर्थ हुँदैन किनकी मैले त्यसदिन रक्सी खाएकी थिइन ।

उनले भनेकी छिन्, ‘मलाई सम्झना छ धेरै दुःखाईका कारण मेरो निन्द्रा खुलेको थियो । यस्तो लागिरहेको थियो मेरो खुट्टामा कसैले चक्कु हान्यो । उ म माथि थियो । मैले सोधें तिमी के गरिरहेका छौ रु उसले भन्यो यो सामान्य दुःखाई हो ।

मैले कृपया छोड्नुस् म चिल्लाएँ र रुन थालेँ ।
उनले सम्झँदै भनिन्, त्यो दुःखाई असह्य थियो । उनले लेखेकी छिन् ‘उसले भन्यो म सुतेपछि दुःखाई कम हुन्छ । बिहान उसले मलाई घरमा छोड्यो ।’

आफ्नो समयको प्रख्यात मोडल पद्मलक्ष्मीको भनाइ छ उनले यो कुरा अन्य ठूला मानिसलाई यसकारण भनिन्, की सन १९८० को दशकमा डेट बलात्कार जस्तो कुनै चिज थिएन ।

डेट बलात्कारको अर्थ हो बलात्कार हुने व्यक्तिसँग बलात्कार गर्ने मानिसको चिनजान छ । पद्मलक्ष्मीलाई लाग्यो यदि उनले आफूलाई बलात्कार गर्यो भनेर भन्यो भने मानिसहरु सोध्नेछन् के गर्न त्यो रात उसको अपार्टमेन्टमा गएको रु

उनले लेखेकी छिन्, बलात्कारको बारेमा जुन तर्क दिइन्छन् ती तर्क आश्चर्यचकित र हैरान गर्ने खालका हुन्छन् ।
उनी भन्छीन् ‘म सधै सोच्ने गर्थें जब म भर्जिनिटी गुमाउने छु, त्यो मेरोलागि ठूलो कुरा हुनेछ अथवा म त्यो निर्णय जानेरै गर्नेछु ।

म एकदिन यौनसम्बन्ध राख्ने छु त्यो माया प्रेमको अभिव्यक्ति हुने छ, साझा आनन्दको अनुभूति हुने छ । अथवा बच्चाकोलागि हुने छ । तर यो कुरा भएन । मेरो बलात्कारको बारेमा आफ्नो पार्टनरसँग कुरागर्न दशकौं लाग्यो ।’

उनी अगाडि लेख्छीन् ‘ब्रेट कैवनालाई लिएर मानिसहरु भनिरहेका छन् कि यतिका दिन पछि यो आरोप किन उठाइयो रु एकजना युवाले आफ्नो किशोर अवस्थामा जे गरे त्यसको मूल्य अब किन चुकाउनु रु

तर उनीहरुले याद गर्नुपर्छ कि यसको लागि महिलाले आजीवन मूल्य चुकाउनु पर्छ ।’
उनले भनेकी छिन् ‘आमाको रुपमा म मेरो छोरीलाई भन्छु कि यदि उसलाई कसैले गलत तरिकाले छुने कोशिस गर्यो भनेपनि चुप नबस्नु । मलाई आशा छ छोरीहरुले कहिल्यैपनि यो डर र सरमसँग जुध्नु पर्दैन ।

हाम्रा छोराहरु पनि बुझुन कि केटीहरुको शरिर उनको मजाको लागि होइन ।’
ब्रेट कैवनालाई सर्वोच्च अदालतको लागि नाम लेखेको कारण अमेरिकामा धेरै विवाद चलिरहेको छ । ट्रम्पको यो फैसलाको जमेर आलोचना भइरहेको छ । यद्यपि ट्रम्पले शुक्रबार ट्वीट गरेर आफ्नो फैसलाको बचाउ गरेका छन् ।

उनले लेखेका छन् ‘ब्रेट राम्रो मानिस हुन् । उनको प्रतिष्ठा बेदाग छ । उनी कट्टर वामपन्थी नेताहरुको निसानामा परे, जसले केवल विनास र ढिलासुस्ती चाहन्छन् । उनको लागि तथ्यको कुनै मतलव हुँदैन । यदि डाक्टर फोर्डसँग केही गलत भयो भने तत्काल यो कुरा उनका आमाबुबाले मुद्धा दर्ता गराउनु पथ्र्यो ।

अर्कोतर्फ कैवनाले यी आरोपलाई खारेज गरेकी छिन । पद्मलक्ष्मीको जन्म १ सेप्टेम्बर १९७० मा चेन्नैमा भएको थियो । जब उनी दुईबर्षकी थिइन उनका आमा–बुबाको तलाका भएको थियो । उनी आफ्नी आमासँग अमेरिकामा पढे–लेखेकी हुन ।

बाबा आमाको तलाका पछि उनी आफ्ना मामाघरको बज्यैसँग बसिन् । पछि उनी पनि आमासँग अमेरिका गइन् ।

बीबीसी हिन्दीबाट