Swornakshar Logo

पाँचौ ढोरपाटन राष्ट्रिय खुल्ला पुरुष भलिबलको उपाधि एपीएफले जितेको छ

६ असोज ।

काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३(० को सोझो सेटमा हराउदै एपीएफ च्याम्पियन बनेको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा एपीएफले गण्डकीलाई २५्१९,२५ ् १५ र २५ ् १७ को सेटमा हरायो।

यसअघि सेमिफाइनलमा एपीएफले गिताञ्जली कलेज र प्रदेश ४ ले ढोरपाटन क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो।

उपाधिसंगै एपीएफले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश ४ ले ६० हजारमा चित्त बुझायो। तेस्रो भएको गिताञ्जली कलेजले ३५ हजार प्राप्त गर्यो । तेस्रो स्थानको लागि भएको खेलमा गिताञ्जलीले ढोरपाटन क्लबलाई २५्२८,३० ्२८ र २५ ् १५ को सेटमा हरायो ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र श्रेष्ठ घोषित भए । महेन्द्रले एक थान मोटरसाइकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गिताञ्जलीका दौलत सिंह, सेटर एपीएफका दिनेश गिरी, डिफेन्स प्रदेश ४ का राजन दर्लामी मगर, स्पाइकर एपीएफका टेकराज अवस्थी, ब्लकर प्रदेश ४ का हरी पाण्डे, क्वीकर एपीएफका बलिराम चौधरी र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट चुनिए ।

उत्कृष्ट हुनेले समान ५्५ हजार नगद प्राप्त गरे ।ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा खेल भएको थियो।
ढोरपाटन पुरुष भलिबल स् एपीएफ च्याम्पियन,सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र