ताजा अपडेट
खेलकूद

एनपीएलः विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

एनपीएलः विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८।३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत खोल्न सकेनन्। काठमाडौंका सन्तोष यादवले ३ र सहन आरच्चिगेले २ विकेट लिए ।

८४ रनको सामान्य लक्ष्य काठमाडौँले ९।४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियन ब्याटरद्वय डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए। यो जितसँगै काठमाडौँले ३ खेलमा दोस्रो जित निकालेको छ भने विराटनगरको यो तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…