ताजा अपडेट
समाचार

सोलुखुम्बुमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किदा एकजनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किदा एकजनाको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किएका छन् । सो दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए ।

उनका अनुसार फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…