Bagmati Samachar Logo

बालकृष्ण खाँणलाई दुई वर्ष कैद

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दुई वर्ष कैद सजाय भएको छ।

मंगलबार जिल्ला अदालत काठमाडौँले खाँणलाई दुई वर्ष कैद सजाय सुनाएको हो। यससँगै उनलाई २० हजार जरिवाना पनि तोकिएको छ।

उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ। त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ।

यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख छ। यससँगै थप तीन महिना कैद तोकिएको छ।

अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार जरिवाना भोग्नुपर्नेछ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी सजाय निर्धारणका काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो।