रास्वपा पदाधिकारीमा चितवनका तीन जना सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनबाट तीन सांसद पदाधिकारीमा निर्वाचित भएका छन्।
चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नं. ३ की सांसद सोविता गौतम उपसभापति र क्षेत्र नं. १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
उपसभापति डा. स्वर्णीम वाग्लेको घर रत्ननगर नगरपालिका–१४, पिठुवामा पर्छ । घरमा उनका बुबाआमा बस्दै आएका छन्। वाग्ले भने तनहुँबाट निर्वाचित सांसद हुन् ।
तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पार्टी पदाधिकारी बनेका छन् ।
हालै भरतपुरमा सम्पन्न महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्: