रास्वपा सांसद अमरेशकुमार सिंहद्धारा महाधिवेशन बहिस्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा नेता अमेरकुमार सिंह पहिलो महाधिवेशन नै बहिस्कार गरेका छन् ।
सर्लाही–४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन्।
सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन्।
उनले भने, ‘अहिले उहाँ काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको थाहा भएन ।’
पार्टीको पहिलो महाधिवेशनको ऐतिहासिक क्षणको साक्षी बन्न चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरूको उपस्थित भएपनि सिंह भने काठमाडौंमा छन् ।
रास्वपा स्थापनाको चौथो वर्ष पुरा गरेको र पहिलो महाधिवेशनमा नै सहभागी भएनन् । अझ रास्वपा झन्डै दुई तिहाई बहुमतसहितको सत्तारूढ दल हो ।
त्यो महत्त्वपूर्ण घडीमा पार्टीका प्रायः सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यदेखि सांसदसम्म उपस्थित छन्। महाधिवेशन प्रतिनिधि नभएकाहरू पनि उद्घाटन समारोहमा उपस्थित भएर प्रधानमन्त्री बालेन, सभापति रवि र अन्य दलका प्रतिनिधिहरूलाई सुने।
सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए।



प्रतिक्रिया दिनुहोस्: