Bagmati Samachar Logo

रास्वपा महाधिवेशनको दोस्रो दिन : बन्द सत्रको कार्यतालिका संशोधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। आइतबार देखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन्।

प्रकाशित कार्यतालिकाअनुसार बिहान ७ बजे खाजाको समय छुट्याइएको छ। त्यसपछि बिहान ८स्३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्र प्रारम्भ गर्नेछन्। सत्र सुरु भएलगत्तै ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने कार्यक्रम छ। बिहान ९ बजेदेखि ९ः३० सम्म पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने तालिका रहेको छ।

त्यसपछि बिहान १० बजेबाट १०ः४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ। लगत्तै १०ः४५ देखि ११ः४५ सम्म पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने महत्त्वपूर्ण कार्यसूची रहेको छ।

विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि बिहान ११ः४५ देखि दिउँसो १२ः१५ सम्म पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेले रास्वपाको ‘अर्थ(राजनीतिक प्रस्तावना’ पेश गर्नेछन्। लगत्तै १२ः१५ देखि १ः१५ सम्म पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। दिउँसो १ः१५ देखि १स्२५ सम्मको समयमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र महाधिवेशन आयोजक समितिको तर्फबाट सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

नेतृत्व र जिम्मेवारी हस्तान्तरणको प्रक्रिया सकिएपछि दिउँसो १ः२५ बजेदेखि खानाको समय तोकिएको छ। खानापछि पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी आवश्यक जानकारी र तालिका प्रकाशन गर्नेछ। त्यसपछिका बाँकी सम्पूर्ण कार्यक्रमहरू निर्वाचन आयोगले प्रकाशन गरेको सूचना र तालिकाअनुसार निरन्तर अघि बढ्ने रास्वपाले जनाएको छ।