गृहमन्त्रीमा सुधन र नवप्रवर्तनमन्त्रीमा महाविर पुनले लिए सपथ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् ।
मंगलबार प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् । गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएर वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । उनी विवादमा आएपछि राजीनामा दिएका थिए
पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए । मन्त्रीबाट खुसुक्क राजीनामा दिएर म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । झण्डै दुई तिहाइको सरकारमा उनी स्वतन्त्र मन्त्री बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्: