Bagmati Samachar Logo

रोशनीले पाइन् राष्ट्रियसभामा एमाले सचेतकको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचे चयन भएकी छिन् ।

नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापा (बादल) ले सचेतकमा मेचेलाई नियुक्त गरेका हुन् ।
रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । झापा, मेचीनगर नगरपालिका–१२ की निवासी हुन् । उनले लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी थिइन् ।