रास्वपाको समानुपातिक सूचिमा भएकी मोहना अन्सारी कांग्रेस प्रवेश
काठमाडाँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचिमा भएकी मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनी राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य पनि हुन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् ।
अन्सारीले लेखेकी छिन्, ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ। एउटा कुरा स्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत् रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।’
जेनजी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्: