Bagmati Samachar Logo

अध्यादेश पार्टी फुटाउन होइन, विगतका गलत नियुक्ति सच्याउन ल्याएको हो : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएका अध्यादेश कुनै पार्टी फुटान नल्याएको स्पष्टिकरण दिएका छन् । आज पार्टी संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा भएका गलत नियुक्ती नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा नहुने पनि बताए ।

उनले भने, ‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुस्ख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।’

लामिछानेले कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति रास्वपा गम्भीर रहेको बताए । यसको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक वचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँने टिप्पणी उनले गरे ।

लामिछानेले थपे, ‘विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ । हामी त्यो सच्याउन चाहन्थ्यौँ, इमानदार भएर बढ्यौँ ।’