जनार्दनले गुटको भेलामा भने खुमलटारको घरमात्र हेडक्वाटर होइन, हेडक्वाटर हुन सबै साथ हुनु पर्छ

काठमाडाैँ । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको निर्वाचनको मतपरिणाम आए लगतै गुटको भेला गरेका छन् ।
शर्माले आफू निकट विजयी र विजयी गराउन रातदिन खटेका पूर्वविद्यार्थी नेताहरुलाई बोलाएर गुटको भेला गरेका छन् ।
शर्माले गुटको भेलालाई सम्बोधन गरेका सहभागी एक विद्यार्थी नेताले बताए । ती विद्यार्थी नेताले शर्माको भनाइ भन्दै भने,‘विद्यार्थीको निर्वाचनमा जसरी हेडक्वाटर हेडक्वाटर भनेर प्रचार गरियो त्यो घर मात्र हेडक्वाटर हुदैन । खुमलटारको घर मात्र हेडक्वाटार होइन । हेडक्वाटर हुन सबै एक साथ उभिनु पर्छ । जसरी घर हुन घरका चार पिल्लर उभिएको हुनु पर्छ । यदि एक दुई पिल्लर ढलेमा घर ढल्छ । त्यसरी नै हेडक्वाटर हुन सबै एक साथ हुनु पर्छ । त्यो भएन भने अध्यक्ष बस्ने खुमलटारको घरमात्र हेडक्वाटर होइन । सबै नेताहरु बस्ने घर हेडक्वाटर हो । विद्यार्थीमा ७० प्रतिशत जितेको यो हेडक्वाटर हो ।’
शर्माले क्रान्तिकारीको आफ्नो गुटको निर्वाचित टिमलाई कलंकीको मेगा बैक्वेटमा रात्री भोज दिएका छन् ।
विद्यार्थीको निर्वाचनमा शर्मा आफू बाहिर देखिएनन् । उनका भाइ अनिल शर्माले विद्यार्थीको निर्वाचनको मोर्चा सम्हालेका थिए । विद्यार्थीमा शर्माले प्यान बनाएर नै निर्वाचनमा होमिएका थिए । जसमा पदाधिकारीमा ३३ जनामा २२ जना विजयी भएका छन् । अध्यक्षमा ७२ मतले शर्मा प्यानलका हेमन्त राई पराजित भए ।
शर्मा प्यानलका उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ७, सचिव ७ र कोषाध्यक्ष १ जना विजयी भएका छन् ।
प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा मंगलबार उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको चुनावमा पार्टी भित्रका गुटहरु सतहमा आएको चर्चा गरेका थिए । उनको संकेत हेडक्वाटरले तयार पारेको प्यानल विरुद्ध समानान्तर प्यानल तथा उम्मेदवारहरु खडा गरेर चुनाव लड्नुतर्फ थियो ।
सापकोटा,महासचिव देव गुरुङ, उपाध्यक्ष कृष्णबहादुर महरा , उपमहासचिव शक्ति बस्नेत लगायतका पूर्व विद्यार्थी नेताहरुले हेडक्वाटर भन्दै विजय प्रकाश सापकोटाको नेतृत्वमा प्यान खडा गरेर निर्वाचनमा होमिएका थिए । तर सापकोटा बाहेक अरुले जित्न सकेनन् ।
उपमहासचिव वर्षमान पुनले पनि सुदीन पौडेलको नेतृत्वमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । तर २ जना पदाधिकारी मात्र विजयी भए ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेपनि आफ्नो टिम निर्वाचनमा होमेका थिए । तर २ पदाधिकारी बाहेक जित्नु सकेनन् ।
शर्मा प्यानलका भने ७० प्रतिशत पदाधिकारीले जितेका छन् । विजयी भएका आफ्नो प्यानलका धेरैजसोलाई शुक्रबार साँझ कलंकीको मेगा ब्यांक्वेटमा रात्रीभोज दिईए छन् ।
भेलामा शर्मा प्यानलबाट अध्यक्षको उम्मेदवार रहेका नेता हेमन्त राईदेखि उमेरहद लागेर बिदा भएका शर्मा पक्षका पुराना नेतासहित करिव ६० जना नवनिर्वाचित नेताहरु थिए ।
क्रान्तिकारीमा अध्यक्षबाहेक ३३ पदाधिकारीमध्ये २२ जना शर्मा प्यानलका विजयी भएका थिए । अध्यक्षमा भने हेडक्वाटर प्यानलबाट विजयप्रकाश शर्मा सापकोटाले राईलाई ७२ मतले पछि पारेका थिए ।
सो भेलामा पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँती, सन्तोष विष्ट, पदम जोशी, अनिल शर्मा पनि सहभागी थिए ।
राई पनि अहिले खुलेर शर्मा गुटमा लागेका छन् । पहिला राई अध्यक्ष प्रचण्ड र वर्षमान पुनकोमा पनि समन्वय गर्न पुग्दथे । तर यसपाली भने उनी शर्माको भेलामा सहभागी भएका छन् । सो भेलामा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा पनि सहभागी भएका छन् ।
अध्यक्ष प्रचण्डले अनेरास्ववियू क्रान्तिकारीको नवनिर्वाचित कार्यसमितिलाई बिहीबार खुमलटार बोलाएर छलफल गरे लगत्तै उपमहासचिव शर्माले आफ्नो गुटकालाई रात्री भोज नै दिएका छन् । अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना दिने क्रममा जो जो जताबाट जसरी जिते पनि अब सबै पार्टीको हुने र पार्टी मूल नेतृत्वसँगै केन्द्रीत हुने बताएका थिए । सबैलाई पार्टीले समान व्यवहार गने भन्दै प्रचण्डले अब स्ववियू चुनावसहित पार्टी बनाउन नवनिर्वाचित नेताहरुलाई निर्देशन दिएका थिए ।
उनले शर्मा प्यानलबाट निर्वाचित महासचिव रोशन थापामगरसँग छुटेटैसमेत भेटेका थिए ।
यसअघि शर्माले नै अध्यक्ष बनाएका पञ्चा सिंह लगायतले उनको गुट छोडेर अध्यक्ष प्रचण्डसँगै हेडक्वाटरमा केन्द्रीत भएपछि पनि शर्माले यसपटक विद्यार्थीमा पकड बढाउन सुरुदेखिनै प्रयास गरेको हुनसक्ने अर्का एक सहभागिले बताए ।
३२ वर्षे उमेर हद लगाएपछि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनबाट उपमहासचिव शर्मा पक्ष क्रान्तिकारीमा हाबी भएको छ ।
शर्मा निकट भनिएका केहि विद्यार्थी नेताहरुले उनको साथ छोडेका छन् ।
प्रतिक्रिया दिनुहोस्: