ताजा अपडेट
राजनीति

ध्यादेशले निरंकुश शासनको झल्को दिएको छ : पाण्डे

ध्यादेशले निरंकुश शासनको झल्को दिएको छ : पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी विभाजन गर्ने गरी सरकार अघि बढे आफूहरू हेरेर नबस्ने चेतावनी दिएको छ। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पाण्डेले पार्टी विभाजनको खाल्डो जसले खन्छ उही पर्न सक्ने चेतावनी दिएका हुन्।

‘प्रधानमन्त्रीज्यूले पार्टी टुक्र्याउने प्राथमिकतामा छैन भनेर जानुभयो। उहाँ लाग्नुभएको छ छैन’, उनले भने, ‘तर उहाँलाई म यहीँबाट भन्न चाहन्छु, पार्टी टुक्र्याउनेगरी कुनै खाल्डो खनियो भने त्यसमा आफैँ पनि परिएला। त्यो कुरा हेक्का राखे हुन्छ।’

सांसद पाण्डेले सरकारको गतिविधिले निरंकुशताको झल्को दिएको टिप्पणी गरेका छन्। उनले दुई तिहाइको दम्भमा सरकारले जे मन लाग्यो त्यही गरिरहेको आरोप लगाए।

संसद् अधिवेशनको मुखमा सरकारले एकपछि अर्को गरी ल्याएको अध्यादेशको विरोध गर्दै उनले भने, ‘दुई तिहाइ–दुई तिहाइ भनेर पटक–पटक भनेको सुनियो तर के जे गर्न मन लाग्यो त्यही गर्नका लागि दुई तिहाइ होरु यसो नगरौँ, यसले निरंकुश शासनको झल्को दिन्छ।’

प्रधानमन्त्रीले सरकारको अनेकौँ उपलब्धि सुनाए पनि सूचकले त्यस्तो नदेखाएको बताए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…