ताजा अपडेट
राजनीति

रवि लामिछानेमाथि सिंगो राज्यशक्ति खनियो : स्वर्णिम वाग्ले

रवि लामिछानेमाथि सिंगो राज्यशक्ति खनियो : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.ल स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ।

शुक्रवारको प्रतिनिधिसभा बैठकमा वाग्लेले यस्तो चेतावनी दिएका हुन्। उनले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लागाए।

उनले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै रास्वपाले यसको कानूनी निदान खोज्ने बताए।

उनले विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे।

उनले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्बन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…