Bagmati Samachar Logo

अध्यादेशबाट मुलुक चलाउनु खोज्नु निरंकुशता होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको आरोप लगाए ।

उनले भने, ‘लोकतान्त्रिक ब्यवस्थामा संयन्त्रले देश चलाउने होइन भन्ने बुझ्नु पर्‍यो । सरकारले चलाउने हो । संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीजी त्यो गलत हो । विल्कुल गलत हो । सरकारमा कांग्रेसबाट उपप्रधानमन्त्री, मन्त्रीहरू हुनुहुन्छ ।’

सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि ब्यक्त गरे । संसद नराखी अध्यादेश ल्याउनु गलत भएको बताउँदै उनले भने,’‘देशै नचल्ने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हो । अहिले विषयबस्तु अनुसार ल्याइएका सबै अध्यादेश खराब छ भन्दिनँ। केही अध्यादेश राम्रा छन् । तर संसद बोलाएर अध्यादेश ल्याउनुपर्ने थियो । माघ १८ गते संसद बोलाएको छ । अध्यादेशपनि केहीसमय पर्खेर संसद खोलेर ल्याउँदा हुने थियो नि । ६ महिनामा केही भएर सातदिन दसदिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि।’