प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्री अस्वस्थ भएका कारण भेटघाट लगायतका कार्यक्रम रद्द गरिएको छ। अत्यावश्यक भेटघाट बाहेक सबै कार्यक्रम रोएिको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री अस्वस्थ भएकै कारण सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन सकेनन् । मुख्यालयमा वर्षेनि आयोजना हुने समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री जाने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: