Bagmati Samachar Logo

माधव नेपालबाहेक नेकपा एसका सबै नेता कार्यकर्तालाई एमालेको ढोका खुला छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेक नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । विश्वमणीजीलाई उहाँले गरेको कारवाहीको के अर्थ, चौतारीले दिएजस्तो सम्मान उहाँलाई दिने हो भने उहाँ नै आउनुहुन्छ । तर, उहाँले जे गल्ती गर्नुभएको छ । त्यो स्वीकार्य छैन ।’

उनले माधव नेपालबाहेक अरु नेताहरुलाई स्वागत गर्न आफूहरु तयार नै रहेको बताए । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै नेकपा एसको अब भविष्य नरहेको दाबी गरे ।