सर्वोच्चले सोध्यो बेचन झा थुनामा राख्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनीविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर भएको थियो।
नक्कली शरणार्थी प्रकरणका अभियुक्त बेचन झा र प्रतीक थापालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ।
न्यायाधीश अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकै निर्णय सदर गरेको हो।
२०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेपछि उनीहरु थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका थिए।
तर उच्चले पनि उनीहरुको माग अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको हो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।
उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो।
प्रतिक्रिया दिनुहोस्: