ताजा अपडेट
राजनीति

फेसबुकमा ओलीलाई प्रश्न गरेका अर्का नेतालाई पनि एमालेले गर्‍यो कारबाही

फेसबुकमा ओलीलाई प्रश्न गरेका अर्का नेतालाई पनि एमालेले गर्‍यो कारबाही

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सार्वजनिक रूपमा आवाज उठाएपछि कोशी प्रदेश पूर्वसांसद तथा उदयपुरका नेता विमल कार्कीलाई एमालेले निलम्बन गरेको छ।

पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

‘६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ’, खतिवडाले भने।

उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएका थिए।

‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए।

कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए। उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीलाई निलम्बन गरेको हो ।

हालका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व(मुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

एमाले प्रदेश संसदीय दलको सचेतक पनि भएका उनी उदयपुर एमालेका पूर्व उपाध्यक्ष समेत हुन्। तर अहिले उनी कमिटीविहीन अवस्थामा थिए।

अध्यक्ष ओलीविरूद्ध फेसबुकमा लेखेको आधारमा कारबाही भोग्ने नेताहरूको सूचिमा अहिले कार्कीको नाम पनि थपिएको छ।

व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले सार्वजनिक रूपमा असहमति जनाएका थिए।

लगत्तै उनीहरू तीनै जनालाई महासचिव शंकर पोखरेलले स्पष्टीकरण सोधेका थिए। उनीहरूलाई स्पष्टीकरण सोध्ने पार्टी नेतृत्वको कदमप्रति असहमति जनाउँदै पूर्व सांसद कार्कीले फेसबुकमा आफ्ना विचार राखेका थिए।

‘आइएम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौं ? व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो। यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउँछ। यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ। त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो। तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको विरोध गरी नै रहन्छौं।’

तीन नेताहरूमाथि पार्टीले स्पष्टीकरण सोधिरहेकै बेला अदालतले भवन बनाउने कार्य अघि नबढाउन आदेश दिएको थियो। लगत्तै कार्कीले फेसबुकमा अध्यक्ष ओलीलाई तिखो प्रश्न गरेका थिए।

उनले लेखेका थिए, ‘अध्यक्षज्यू, स्पष्टीकरण हामीलाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने जवाफ चाहियोरु नैतिकता छ भने अध्यक्ष पदबाट राजीनामा दिनुहोस्१’ यति लेख्दासम्म पार्टी नेतृत्वबाट ‘थ्रेट’ महसुस नगरेका कार्कीले पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको नागरिकतामा भएको नामबारे समेत प्रश्न उठाएका थिए।

‘पहिले नागरिकतामा खड्गप्रसाद ओली’ र अहिले नागरिकतामा ‘केपी शर्मा (ओली)’ रहेकोबारे कार्कीले फेसबुकबाटै प्रश्न सोधेका थिए।

‘२०४८ को आम चुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनसाथ भन्छन्। तर तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्ताबेजमा खड्गप्रसाद ओली भनेर लेखिएको छ,’ पूर्व सांसद कार्कीले लेखेका थिए, ‘अनि अहिलेका प्रधानमन्त्रीको भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकता सम्बन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ। मैले बुझ्न चाहेको कुरा – एउटै मान्छेले दुइटा नागरिकता प्रयोग गरेको हो कि नागरिकता जस्तै मान्छे पनि फरक(फरक नै हुन् ? कसैले तथ्यसहित बुझाइदिनु हुन्थ्यो कि१’

यस्तै कार्कीले आफूमाथि कारबाही गरिएको छ भनेर पार्टीले भन्न समेत नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…