Bagmati Samachar Logo

राष्ट्रपतिले राेके भूमिसम्बन्धी अध्यादेश

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ५ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश राेकेमा छन् । सरकारले सिफारिस गरेका ५ वटा मध्ये आज ४ वटा अध्यादेश मात्रै जारी गरेका छन्।

उनले एउटा अध्यादेश भने रोकेका छन्। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो। तर आज जारी भएन।

राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश अध्ययनकै क्रममा रहेकाले आज जारी नभएको हो। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍बाट सिफारिस भएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम सोमवार जारी गरेका हुन्।

उनले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका हुन्।