Bagmati Samachar Logo

कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए स्पष्टीकरण (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले आफ्नो नियुक्ति अन्त्य गर्न नसक्ने जिकिर गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोधेको तपाई‌लाई पदबाट किन नहटाउने व्यहोराको नौबुँदे स्पष्टीकरणको जवाफमा घिसिङले आफू मन्त्रिपरिषद्‌बाट नियक्त भएकोले अन्यलाई नियुक्ति रद्द गर्ने अधिकार नरहेको जवाफ दिएका हुन् ।

आइतबार घिसिङले मन्त्रालयमा आफ्नो स्पष्टीकरण पेस गरेका हुन् । घिसिङले स्पष्टीकरणको जवाफ दिनुअघि शुक्रबार आफ्ना उपलब्धि विवरण पेस गरेका थिए । स्पष्टीकरण चित्त नबुझे घिसिङलाई हटाउनेसम्मको प्रक्रिया सुरु गर्ने ऊर्जा मन्त्रालयको तयारी छ । घिसिङसँग ओली नेतृत्वको सरकारले सुरुबाट विवाद निम्त्याएको थियो ।

हेर्नुहोस् कुलमानको स्पष्टीकरणको पूर्णपाठ