जिल्ला अदालतले रवि लामिछानेलाई न्यायिक हिरासतमा पठायो

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।
न्यायाधीश माधवप्रसाद अधिकारीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन्।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राख्ने तयारी छ।काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।
उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका थिए। उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको कयान भएको थियो।
उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए। रविले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेका थिए। तर, सरकारी वकिलले उनको बयान पढ्न समय माग गरेका थिए।
रविविरुद्ध बहस गर्न काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्: