ताजा अपडेट
समाचार

८४ दिन हिरासतमा बसेर छुटे रवि लामिछाने

८४ दिन हिरासतमा बसेर छुटे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँग आजै रिहा भएका छन् ।

कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिन हिरासतमा बसेका हुन् । उनी ८४ दिन पछि रिहा भएका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

लामिछानेले ६५ लाख रूपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएका छन् ।

मेडिकल गराएर परिवार र पार्टीको जिम्मामा छोड्ने हो। रविले काठमाडौं अदालत उपस्थित हुने बताएका छन् ।

लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाड्न लागिएको हो।

बिहीबार कास्की जिल्ला अदालतले सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो।

लामिछाने र जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोप समेत छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…