अदालतले रविलाई ६५ लाख धराैटीमा छाेड्न आदेश
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलले जनाएको छ ।
गत २ कात्तिकमा लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । यसयता उनी लगातार कास्की प्रहरीको हिरासतमा थिए । अब भने उनी धरौटी बुझाएर थुनामुक्त हुने भएका हुन् । मुद्दा जिल्ला अदालतमा दर्ता भएसँगै प्रतिनिधिसभा सदस्यको उनको पद निलम्बित भइसकेको छ ।
लामिछानेलगायतविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा अपचलन गरेको विषयमा पनि जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दायर गरेको छ । लामिछाने थुनामुक्त गएसँगै उनकै नेतृत्वमा रहेको रास्वपाले अब कस्तो निर्णय लिन्छ भन्ने चासो छ । रास्वपामा अहिले डीबी अर्याल कार्यबाहक सभापति छन् । रास्वपाले लामिछानेपछि संसदीय दलको नेता भने चयन गरिसकेको छैन् ।
टेलिभिजन कार्यक्रमबाट चर्चित भएपछि लामिछाने राजनीतिमा हाम्फालेका थिए । र पार्टी स्थापना भएको केही महिनामै भएको आमचुनावमा अप्रत्यासित रूपमा राष्ट्रिय पार्टी मात्र भएन प्रतिनिधिसभामा २१ सिटसहित चौथो ठूलो दल पनि बन्यो । र लामिछाने आमचुनावपछिको पहिलो सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने । तर, त्यसबेला उनको नागरिकताको विषय उठ्यो ।
उनले अमेरिकी पीआर लिँदा नेपाली नागरिकता त्यागेको तर पछि नेपाली नागरिकता नलिएको भन्दै अदालतले उनका सम्पूर्ण पदहरू खारेज गरेपछि उनी एकैपटक उपप्रधानमन्त्री तथा सांसद पदबाट विमुख भएका थिए । र चितवनमा उपचुनाव भएको थियो । लामिछाने उपचुनाव जितेर आएपछि फेरि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने । त्यसपछि उनले सहकारीमा ठगीको विषय चर्चामा आयो । लामो रस्साकस्सीपछि प्रतिनिधिसभामा सहकारी ठगी छानबिन समिति बन्यो । र सत्ता गठबन्धन परिवर्तन भएसँगै उनी फेरि उपप्रधानमन्त्रीबाट हटे । संसदीय समितिले पनि उनीमाथि छानबिन गर्नुपर्ने सुझाव दियो । यसपछि २ कात्तिमा उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: