Bagmati Samachar Logo

शेरा दरबार प्रकरणका दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उठेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सो प्रकरणमा सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उनको भनाइ छ । उनले भने, ‘हामी विधेयकमा छलफल गरिरहेको बेलामा यो विषयमा पनि सरकारले नै जवाफ दिनुपर्छ भन्ने विषय उठेपछि जवाफ दिनुपर्ने भयो, शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ । दोषी देखिए कानूनबमोजिम कारबाही अगाडि बढ्छ ।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोषी जो सुकै भएपनि कारबाही गर्न माग गरेका थिए । प्रचण्ड र उनको पूर्वस्वकीय सचिव जोडेर समाचार सार्वजनिक भइरहेका छन् ।