Bagmati Samachar Logo

माओवादी पदाधिकारीकार बैठक : क्रान्तिकारीको विवाद समाधानको जिम्मा निर्वाचन आयोगलाई दिने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारी भित्रको विवाद समाधानको जिम्मा पार्टी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले विद्यार्थीको विवादमा पार्टीले हस्तक्षेप नगर्ने नीति लिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार स्थायी समिति बैठक १८ गते र केन्द्रीय समिति बैठक २१ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताए । आइतबारको बैठकमा निर्वाचन आयोग प्रमुखलाई बोलाएर विवादको विषयमा रिपोर्टिङ लिइएको पौडेलले बताए ।
३२ वर्षे उमेरहद लगाउने अथवा नलगाउने भन्ने विषयमा भएको निर्वाचनको मतपरिणामबारे निर्वाचन आयोगले शनिबार राति नै विज्ञप्ति जारी गरी स्थगित गरेको भएको जनाएको थियो ।

शनिबार भएको मतदानमा ३२ वर्ष उमेरहद लगाउनुपर्छ भन्ने र लगाउनु हुँदैन भन्ने पक्षबीच विवाद हुँदा मतपरिणाम घोषणा हुन बाँकी रहेको हो ।

पाँचवटा जिल्लामा विवाद भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेकाले त्यसको समाधान नहुँदासम्म मतपरिणाम घोषणा नहुने अध्यक्षका एक दाबेदार बताउँछन् ।

ती नेताले भने, ‘पाँच जिल्लामा ३२ वर्ष उमेरहद लगाउनुपर्छ भन्नेले र खुल्ला हुनुपर्छ भन्ने पक्षले एकले अर्कालाई धाँधली गरेको भन्दै निवेदन गरेपछि मतपरिणाम घोषणा हुन सकेको छैन । जिल्ला(जिल्लाबाट मतदान अधिकृतले मतपरिणाम केन्द्रमा पठाए पनि निवेदनका कारण मतपरिणाम घोषणा गरेको छैन ।’

उजुरी परेका जिल्लामा पुनः मतदान हुनुपर्ने पूर्वउपाध्यक्ष मदन भुल बताउँछन् । भुलले भने, ‘उजुरी परेका पाँच जिल्लामा दोबारा निर्वाचन हुनुपर्छ । पाँच जिल्लामा पुनः निर्वाचन भएपछि मात्र मतपरिणाम घोषणा हुनुपर्छ । दुवै पक्षले उजुरी दिएपछि निर्वाचन हुनुपर्छ । गुल्मी, बाजुरा, बैतडी र मोरङमा पुनः निर्वाचन हुनुपर्छ ।’

अर्का उपाध्यक्ष मदन भट्टराईले ३२ वर्ष उमेरहदको पक्षमा मतपरिणाम आउने देखेपछि केहीले निवेदन दिएर मतरिणाम रोक्नतर्फ लागेको बताए । उनले भने, ‘उमेरहदको पक्षमा परिणाम आउने देखेपछि साथीहरूले नै असहज वातावरण बनाएका छन् । अब नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्छन् होला ।’

ल्भउबतयउम्ब्ख्
उमेर खुल्ला हुनुपर्ने पक्षकाहरूले बाजुरा, मोरङ र बैतडीको निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएर उजुरी दिएका छन् । ३२ वर्ष उमेरहद पक्षले दाङमा धाँधली गरेको भनेर उजुरी दिएका निर्वाचन आयोगले जानकारी दिएको छ ।

३२ वर्ष उमेरहदका पक्षवालाहरूले हिजो नै सबै जिल्लाको मत गणना गरेर सकिएकाले मतपरिणाम घोषणा गर्नुपर्ने भन्दै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नाराजुलुस नै गरेका थिए ।

११ मतले उमेरहदको पक्षले जितेको दाबी

उमेरहद लगाउनुपर्छ भन्ने विद्यार्थीहरूले आफूहरूले ११ मतले जितेकाले पार्टीबाट निर्वाचन गराउने जिम्मेवारी पाएकाले नै धाँधली गरेर मतपरिणाम घोषणा गर्न रोकेको एक विद्यार्थी बताउँछन् । ती विद्यार्थीले भने, ‘पार्टी उपमहासचिव शक्ति बस्नेत, विद्यार्थी इन्चार्ज हिमाल शर्माले नै उमेरहदको विपक्षमा लबिङ गर्नुभयो, जसका कारण मतपरिणाम रोकिएको हो । विवाद भएपछि उहाँहरूले नै पार्टी गुहार्नुभएको हो । अब हामीलाई हराउने त होलान् ।’

उमेरहदको पक्षमा भएका विद्यार्थीहरूले मतपरिणाम नेतृत्वका कारण रोकिएको आरोप लगाए पनि निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाहरूको मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी भएकाले उक्त कागजपत्रहरू प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने हुँदा तत्पश्चात् मतगणनाको परिणाम सार्वजनिक गरिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौँ ।’

अखिल ९क्रान्तिकारी० का २ हजार ४ सय ५ जना प्रतिनिधि रहेकोमा १ हजार ८ सय १ जनाले मतदान गरेका थिए ।

अधिवक्ता मुक्ति प्रधान प्रमुख रहेको निर्वाचन समितिमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेता हिमाल शर्मा सदस्य छन् ।

यस्तो छ विवाद

अछाममा खुल्लाको पक्षमा १९ र उमेरहदको पक्षमा शून्य मत आएको छ । अछाम निवर्तमान उपाध्यक्ष भुलको गृह जिल्ला हो । दाङ जिल्लामा काठमाडौँमा रहेका १५ जनाको नाममा पनि भोट हालेर खुल्ला पक्षले आफ्नो पक्षमा ५१ र उमेरहदको पक्षमा १ मत खसालेको आरोप उमेरहद पक्षले लगाएको छ ।

प्युठानमा १३ जना मतदाता भए पनि निवर्तमान उपाध्यक्ष मिलन एमसी काठमाडौंमा हुँदा पनि १३ मत नै खुल्लाको पक्षमा खसालेको भनेर उमेरहद पक्षले आरोप लगाएको छ । प्युठान अध्यक्षका दाबेदार एमसीको गृहजिल्ला हो ।

२४ मतदाता रहेको रोल्पामा २४ मत नै खुल्लाको पक्षमा परेकाले धाँधली भएको आरोप लागेको छ । रोल्पामा मतदान प्रक्रिया नै नगराई निर्वाचन कमिटीले यसै मत परिणाम लेखेर पठाएको आरोप लागेको छ । पाल्पामा १८ मतदातामा १७ खुल्ला र १ मत उमेरहद पक्षमा परेको छ ।

अर्घाखाँचीमा मतदान नै नगरी ११ मत खुल्लाको पक्षमा पठाएको आरोप उमेर पक्षधरले लगाएका छन् ।

सिन्धुपाल्चोकमा प्रतिनिधि २१ जना भएकोमा २१ जनाले नै मतदान गरेको भनेर मतपरिणाम पठाए पनि एक जना काठमाडौंमा रहेको खुल्ला पक्षधरले दाबी गरेका छन् ।

गुल्मी जिल्लामा तीन जना मात्रै प्रतिनिधि मतदान स्थलमा सहभागी भएको तर १९ जनाको उमेरहद ३२ वर्षको पक्षमा फेक परिणाम पठाएको खुल्ला पक्षधरको भनाइ छ ।

डोल्पा जिल्लाका मतदाता ११ जनामा काठमाडौंमा पाँच जना रहेको तर डोल्पाबाट ११ जनाकै मतदान भएको भनी फेक परिणाम पठाएको विद्यार्थी नेताहरू बताउँछन् ।

रुकुम पश्चिमबाट जापामामा भएका प्रतिनिधि निर्मल केसीको नाममा पनि मत खसेको देखाएर मतपरिणाम सार्वजनिक गरेको भन्दै विवाद भएको छ । एक जना जापान र १० जना काठमाडौं हुँदा पनि उनको नाममा मत खसेको निर्वाचनमा आयोगले जनाएपछि विवाद भएको छ ।