Bagmati Samachar Logo

एमालेले भीम रावललाई साधारण सदस्य पनि नरहनेगरी कारवार्हि

काठमाडौँ । नेकपा एमालेले नेता भीम रावललाई पार्टीको साधारण सदस्यबाट पनि कारवार्हि गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई साधरण सदस्य पनि नरहने गरी कारवाहि गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ ।

‘अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेको हो’, ज्ञवालीको भनाइ छ ।
रावललाई पार्टीमा ल्याउने भनेर वार्ता टोली नै गठन गरेको थियो । तर उक्त वार्ता टोलीले एक पटकमात्र भेटेको थियो । तर आजको सचिवालय बैठकले साधारण सदस्य नरहनेगरी कारवहि गरेको छ ।