ताजा अपडेट
राजनीति

माओवादी सांसद मोदीले भने लेखा समिति सभापतिले मार्गप्रशस्त गर्नुपर्छ

माओवादी सांसद मोदीले भने लेखा समिति सभापतिले मार्गप्रशस्त गर्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सभापतिले पदबाट मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।
सांसद मोदीले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने अभ्यसा रहेको पनि बताएका थिए । उनले भने, ‘सभापतिले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।’

पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन्। उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमेत जारी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…