ताजा अपडेट
राजनीति

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) लाई बनाएको छ । सोमबार बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।’

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।

यही अभियोगमा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्। यो भन्दा पहिला केन्द्रीय समिति बैठकहरू पनि उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…