Bagmati Samachar Logo

विश्व विख्यात क्रिकेटर ब्रायन लारा नेपालमा

काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । उनलाई क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेको छ ।

विख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलो पटक नेपाल आइपुगेका हुन् ।
नेपालमा जारी एनपीएल खेल हेर्ने उनको कार्यक्रम रहेको छ ।

लाराले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धसतक सामेल छन् । यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन बनाएका छन् ।

लाराले सन् २००७ को अप्रिल २१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।