नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको छ । जसअनुसार २०८० साउन १५ गतेदेखि हाल सम्म उनले लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा जफत असुल उपर हुनुपर्ने आरोप पत्रमा माग दाबी गरिएको छ ।
उनी अब विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: