Bagmati Samachar Logo

मानव अधिकार आयोगले बोलायो आइजिपी कुँवरलाई

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार दिउँसो कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।

लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ।

मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान जहाजमार्फत पुर्‍याउन अनुरोध गरे पनि गाडीमै लगिएको भन्ने आरोप लगाएका थिए।

यसबारे प्रश्न उठेपछि चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे खण्डन गरेको थियो।
कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने विभिन्न जिल्लामा बयानको लागि लिने क्रम अहिलेपनि जारी रहेको छ । चितवनमा बयानको लागि लिएका लामिछानेको बयान सकिएपछि प्रहरीले रातारात पोखरा लिएपछि लामिछानेले प्रहरीले आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।