Bagmati Samachar Logo

विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री

हेटौँडा। प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापामा विकास निमार्णका अधुरा काम पुरा गर्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुगेका ओलीले विकास निमार्णका अधुरा कामलाई पुरा गर्ने बताएका हुन् ।

सोमबार झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन् । उनले उद्घाटन समारोहमा सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए ।

देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा काम पुरा गर्ने बताए ।

उनले भने,‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन । हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईंहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’

कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले आइतबार देशकै अग्लो १८ तले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका थिए ।