ताजा अपडेट
समाचार

पत्रकारहरूको साझा प्यानलद्वारा प्रतिबद्धता सार्वजनिक

पत्रकारहरूको साझा प्यानलद्वारा प्रतिबद्धता सार्वजनिक

काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि बनेको पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरूद्वारा समर्थित पत्रकारहरूको साझा प्यानलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघलाई पत्रकारहरूको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक संचार माध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यावसायिक विकासका लागि प्रतिबद्धताहरू सार्वजनिक गरिएको उनीहरूको भनाई छ ।

यस प्यानलबाट अध्यक्षमा रमेश विष्ट तथा वरिष्ठ उपाध्यक्षमा रोशन पुरी उम्मेदवार छन् । त्यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन् ।

यस्ता छन् प्रतिबद्धता

१. सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौँ । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौँ । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौँ ।

२. नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेसागत संगठनका रूपमा अघि बढाउनेछौँ । साथै, लोकतान्त्रिक समुदायको भरोसायोग्य नागरिक संस्थाको रूपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिबद्ध छौँ ।

३. हाम्रो प्यानल श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारप्रति पूर्ण प्रतिबद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नुको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौँ ।

४. संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानुन र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौँ ।

५. पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौँ । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौँ ।

६. पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरूका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपाङ्गता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौँ ।

७. महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, मधेसी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौँ ।

८. पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौँ ।

९. महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिँदै इ–लाईब्रेरी र सञ्चार सङ्ग्रहालय निर्माण गर्नेछौँ । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौँ ।

यस्तो छ प्यानल

अध्यक्षः रमेश विष्ट

बरिष्ठ उपाध्यक्षः रोशन पुरी

उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)

समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह

महासचिवः लेखनाथ न्यौपाने

खुला सचिवः उत्तरसिंह विष्ट

मधेसी सचिवः श्रीजन झा

महिला सचिवः सरिता बराइली

दलित सचिवः वसन्त विक

आदिवासी जनजाति : भिषण राई

एशोसियट सचिव : विकास काकी

कोषाध्यक्षः रामकृष्ण अधिकारी

केन्द्रीय सदस्यहरू

कोशी प्रदेश केन्द्रीय सदस्य :

१. तीर्थ सिग्देल

२. दीपेन्द्र कुमार राई

मधेस प्रदेश केन्द्रीय सदस्य :

१. राजु विश्वकर्मा

२. संजय कुमार राउत

बागमती प्रदेश केन्द्रीय सदस्य : (उपत्यका बाहेक)

१ . मणिराज गौतम

२. मिनकुमार दाहाल

गण्डकी प्रदेश केन्द्रीय सदस्य :

१. दिपक भट्टराई

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य :

१. यानेन्द्र जिसि

२. सुमन अधिकारी

कर्णाली प्रदेश केन्द्रीय सदस्य :

१. देविराम देवकोटा

२. यज्ञराज थापा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य :

१. डिलबहादुर सिंह

२. रामसिंह ठगुन्ना

उपत्यका प्रदेश केन्द्रीय सदस्य  :

१. अर्जुन पन्त

२. सूर्य सुवेदी

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य

१. वीरेन्द्र ओली

२. साहास भट्ट

खुल्ला केन्द्रीय सदस्य

१. केशव बहादुर भुल

२. दामोदर खनाल

३. लेखनाथ खतिवडा

४. बुद्द लोप्चन

५. रामकुमार श्रेष्ठ

महिला

१. (आदीवासी, जनजाति) सरु राना

२. (मधेसी) मिनाकुमारी यादव

३. (खस आर्य) दिया चन्द

दलित केन्द्रीय सदस्य

१. लक्ष्मण दर्नाल (पुरुष)

२. (महिला) निर्विरोध

आदीबासी जनजातिः

१. अर्जुन बहादुर तामाङ (पुरुष)

२. (महिला) निर्विरोध

मधेसी

१. चन्द्रदेव कामती (पुरुष)

२. ललिताकुमारी साह (महिला)

अपाङ्गता तर्फ केन्द्रीय सदस्य

१. अर्जुन काफ्ले

अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य

बख्तियार अलि

लेखा समिति संयोजकः ध्रुव रावल

लेखा समिति सदस्य

१. गणेश प्रसाद बन्जाडे (पुरुष)

२. लक्ष्मी चौधरी (महिला)

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…